१४ जेष्ठ २०८०, आईतवार

प्रचण्ड–नेपालद्वारा भागरथी भट्टको हत्यामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग

२०७७,माघ,२४,शनिवार १६:२३

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल पक्षले विभत्स अवस्थामा भेटिएकी मृतक १७ वर्षीया भागरथी भट्टको हत्याको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

आज (शनिवार) शोक वक्तव्य जारि गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गरेका छन् ।

वक्तव्यमा, ‘विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं ।
डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।’
अगाडी भनिएको छ, ‘अन्त्यमा मृतक किशोरी भागरथी भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौं ।’

र यो पनि पढ्नुहोस : अपडेट : विभत्स अवस्थामा जंगलमा भेटिएकी भागरथी भट्टको शंकाष्पद मृत्युबारे कहाँ पुग्यो अनुसन्धान

 

 

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १६:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०