२२ जेष्ठ २०८०, सोमवार

विघटन सही साबित गर्ने सरकारी वकिलको प्रयास

२०७७,माघ,२४,शनिवार ०६:४३

0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा भइरहेको बहसमा सरकारी वकिलहरूले विघटनलाई संविधानसम्मत साबित गर्ने प्रयास गरिरहेका छन् । सरकार पक्षका वकिलहरू शुक्रबारको बहसमा पनि संविधानमा नलेखिएका विषयलाई प्रधानमन्त्रीका अन्तरनिहित अधिकारको रुपमा व्याख्या गर्न तल्लीन रहे ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सोमबारदेखि सरकार पक्षका वकिलले विघटनको पक्षमा बहस गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको नलेखिएको अधिकारमा पर्ने भन्दै सरकारी वकिलहरूले त्यही आधारमा टेकेर बहस गरेका छन् । उनीहरूले संविधानको धारा ७४ मा भएको शासकीय स्वरुपसम्बन्धी व्यवस्थालाई प्रधानमन्त्रीको नलेखिएको तर प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकारको रुपमा जिकिर गरेका हुन् । सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले शुक्रबार बहस गर्दै प्रतिनिधिसभा विघटनलाई आवश्यकताको सिद्धान्तसँग जोडे । उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभाबाट काम गर्न नदिइनु विघटनको एउटा आधार भएको दाबी गरे । ‘चुनाव गराउने कुरामा गलत नियत राख्नु हुँदैन श्रीमान् ।

आवश्यकता र बाध्यताको आधारमा प्रतिनिधिसभा विघटन गरिएको हो ।’ उनले विभिन्न देशका संविधानको उदाहरण पेस गर्दै अन्य देशमा पनि यस्तो अभ्यास भएको बताए । विघटन राजनीतिक विषय भएकाले अदालतको निरुपणको विषय नहुने जिकिर पनि रेग्मीले गरे । के आधारमा विघटन गरियो ? विघटन आवश्यक थियो कि थिएन ? नयाँ सरकार गठन गर्ने अवस्था थियो कि थिएन ? भन्ने विषय राजनीतिक भएको दाबी उनले लिए ।

प्रधानन्यायाधीश जबराले सोधे, ‘संसदीय व्यवस्थामा जति लेखेका छौं, त्यति मानिएको छ ? २०४७ सालको संविधानमा जस्तै प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार यो संविधानमा किन नलेखिएको ? संविधानमा नलेखिए पनि विघटन भएका अन्य मुलुक पनि छन् ?’ जबाफमा सहन्यायाधिवक्ता रेग्मीले उस्तै शब्द नराखिए पनि मिश्रित खालको भाषा भएको बताए ।

‘ठ्याक्कै त्यस्तै शब्द नराखिए पनि धारा ७६ (७) र ७४ भित्र यी कुरा छन् । हामीले खोजेजस्तो श्री ५ बाट विघटन गरिबक्सनेछ भन्ने शब्द नभए पनि आधार छन्,’ उनले भने । प्रधानमन्त्री केपी ओलीको लिखित जबाफमा विघटन गर्नुपरेको बाध्यता र आवश्यकताबारे उल्लेख भएको तथा दलको असहयोग, काम गर्न बाधा हुनुलाई विघटनको आधार बनाइएको उनले बताए ।  नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार ०६:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०