हेर्नुहोस् २०७७ साल माघ २४ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल माघ २४ गते । शनिवार । इ.स.२०२१ फेब्रुवरी ०६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ कृष्णपक्ष । तिथी–नवमी,०९ बजेर ०१ मिनेट उप्रान्त दशमी । नक्षत्र–अनुराधा,१८ बजेर ०९ मिनेट उप्रान्त ज्येष्ठा । योग– ध्रुव,१७ बजेर ४१ मिनेट उप्रान्त व्याघात । करण–गर,०९ बजेर ०१ मिनेट उप्रान्त वणिज,१९ बजेर ५३ मिनेट उप्रान्त गर । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेटमा,सूर्यास्त १७ बजेर ४७ मिनेटमा । दिनमान २७ घडी २३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यवसायमा लगानि गर्नको लागी केहि समय कुर्नु नै उत्तम हुनेछ । काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । मन परेको मानिस टाडिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । पढाई लेखाईमा कडा मिहेनत गर्दामात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यवसायकै शवालमा लामो दूरीको यात्रा हुनेछ । भौतिक सम्पत्ती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेको छ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । व्यापारमा लगानी गरी दिगो फाईदा हुने कार्य शुभारम्भ आरम्भ गर्न सकिनेछ । पुराना थाति रहेका कामहरु सम्पादन हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययनमा भनेजस्तो उपलव्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दूरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साथीभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पुरुषार्थी काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिन सकिने तथा देश विदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरीने व्यापार फस्टाएर जानेछ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्वसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगती गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । लामो दूरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत् आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पूरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धीत व्यवसायबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङ्कन हुनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समाज तथा समुदाएको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानी बढाउदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । पढाई लेखाईकै सन्द्रर्भमा लामो दूरीको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरुको सेवा गर्ने अवसर जुर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?