२८ जेष्ठ २०८०, आईतवार

बन्द हड्तालबाट अर्थतन्त्र थप जोखिममा, एक दिनको हड्तालले २ अर्ब बढी क्षति

२०७७,माघ,२२,बिहीवार ०६:३५

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आन्दोलनरत पुष्पकमल दाहाल तथा माधव नेपालको पक्षले आज बिहीवार आमहडतालको आह्वान गरेकोमा अर्थतन्त्रमा थप समस्या निम्तिने भन्दै निजीक्षेत्रले चिन्ता प्रकट गरेको छ ।

कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला आमहडतालले नराम्रो असर गर्ने बताउँदै बन्दहडताललगायत कार्यक्रमबाट मुलुकलाई थप संकटमा नधकेल्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले समस्त राजनीतिक दलहरूमा आग्रह गरेको छ ।

कोभिड–१९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्दहडतालजस्ता गतिविधिले थप जोखिममा पार्ने भन्दी उनीहरूले चिन्ता प्रकट गरेका छन् । तीनओटै संगठनले संयुक्त वक्तव्य जारी गर्दै चालू आर्थिक वर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने भएकाले राजनीतिक दलहरूलाई गम्भीर बन्नसमेत उनीहरूले अनुरोध गरेका छन् ।

विश्वव्यापी महाव्याधिले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई बन्दहडताल, चक्काजाम एवम् आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलनलगायत गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिने उनीहरूको भनाइ छ । यस्तो विषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजीक्षेत्रको काम गर्न पाउनेलगायत नैसर्गिक अधिकार कुण्ठित नपार्न समेत निजीक्षेत्रको आग्रह छ ।

बन्दहडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्नेतर्फ समेत उनीहरूले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् । साथै, नयाँ संविधान निर्माणपश्चात् आर्थिक विकासलाई प्राथमिकतामा राखी बन्दहडताल, चक्काजामलगायत गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले गरेको प्रतिबद्धतालाई समेत तीनओटै संगठनले स्मरण गराएका छन् ।

प्रतिनिधिसभा भंगको विषयलाई लिएर विरोध गर्ने दलहरूको अधिकार भए पनि सर्वसाधारणलाई असर पार्ने गरी बन्दहडताल आह्वान गरेकामा सर्वसाधारणसमेत आक्रोशित भएका छन् । उनीहरूले सोसल मिडियामार्फत राजनीतिक दलहरूलाई बन्दको विकल्प खोज्न आग्रह गरेका छन् । महासंघले ६ वर्षअघि गरेको एक अध्ययनअनुसार १ दिन बन्दहडताल हुँदा २ अर्बको क्षति हुन्छ । गार्हस्थ्य उत्पादनलाई आधार मान्दा औपचारिक अर्थतन्त्रमा दैनिक करीब १० अर्ब रुपैयँको उत्पादन तथा व्यापार हुने गरेको छ । ४० प्रतिशत अनौपचारिक अर्थ भएको आकलन गरिएको सन्दर्भमा १ दिनको बन्दले अर्बौंका क्षति पुग्ने देखिन्छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ०६:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली,

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०