१४ जेष्ठ २०८०, आईतवार

अपडेट : ‘महाकाली नदी जुनसुकै बेला फुट्न सक्छ, सतर्क रहनू’

२०७७,माघ,२१,बुधबार १३:०५

0
Shares

काठमाडौं । दार्चुलाको माल्पामा बाटो निमार्ण गर्ने क्रममा गएको ठूलो पहिरो गएको छ । पहिरोको कारण महाकाली नदी थुनिएको छ ।

ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकोले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने भएकाले महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन भनिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकिय अधिकृत कृष्णनन्द जोशीले लोकपथलाई जानकारी दिए ।

उनले थपे , ‘सडक निर्माणका क्रममा ठूल्ठूला ढुंगा नदिमा खसेका कारण नदी फुट्न सक्छ । त्यसैले मानवीय क्षति नहोस् भन्नको लागि सतर्क रहन भनेका हौँ ।’

थुनिएको नदी अहिले बिस्तारै खुल्ने कममा रहेको पनि उनले जानकारी दिए ।

नदी थुनिएको कारण महाकाली नदी नजिक भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ‘अलर्ट’ जारी गरिएको छ ।

यो पनि पढ्नुहोस् : महाकाली नदी थुनियो, प्रशासनले चेतावनीसहित ‘अनुरोध’ गर्दै निकाल्यो सूचना

जिप्रका कञ्चनपुरले हिजो (मंगलवार) अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सतर्कता अपनाउन सूचित गराएको छ ।

सूचनामा भनिएको छ :

‘मिति २०७७ १० २० गते दार्चुलाको माल्पा भन्ने ठाँउमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकोले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने भएकाले महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन आग्रह गरिन्छ ।’

 

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १३:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

गण्डकी । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे)

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको)

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
 २०८०,जेष्ठ,१४,आईतवार ०७:३९