सेलिब्रेटीले प्रेग्नेन्सीबाट करोडौँ कमाउँछन्, तर कसरी ?

काठमाडौं । आजभोलि मानिस आफ्नो मन पर्ने सेलिब्रेटीको पर्सनल लाइफमा के भइरहेको छ भन्ने कुरा जान्न चाहन्छन् । सेलिब्रेटी कहिले विवाह गर्छन्, उनीहरुको कहिले बच्चा हुन्छ, छोरा हो वा छोरी ।

आजभन्दा ६० ७० वर्ष पहिला कोहि पनि सेलिब्रेटी आफनो बच्चाको जानकारी सार्वजनिक गर्नुपर्छ भन्ने कुरामा अन्जान थिए । आज सेलिब्रेटी प्रेग्नेन्सी एक ठूलो बिजनेस हो । करोडौँ रुपैयाँको व्यापार हुन थालेको छ ।

ब्राण्डिङ, सोसल मिडिया प्रमोशन हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा केहि यस्ता कम्पनीहरु छन्, जो सेलिब्रेटीजलाई प्रेग्नेन्सीको बेला उनीहरुको प्रोडक्ट्सको ब्राण्डिङ र प्रमोशनका लागि सम्पर्क गर्छन् ।

उनीहरुको सोसल ह्याण्डिल गर्नका लागि विभिन्न कम्पनी जोडिन्छन् । प्रेग्नेन्सीको घोषणा गर्नका लागि पनि स्पोन्सरशीप मिल्छ ।

मेडिकल प्रोडक्ट्स बनाउने एक कम्पनी वर्ष २०१३ बाट अहिलेसम्म ७० भन्दा धेरै सेलिब्रेटीज र सोसल मिडिया एन्फ्लूएन्र्सको साथमा एण्डोर्समेण्ट गरिसकेका छन् ।

celebrity pregnancy is big business

जब सिंगर केलिस रोजर्स र बलरुम डान्सर करिना स्मर्नअफले आफ्नो प्रेग्नेन्सीको घोषणा ब्राण्ड प्रमोशन र एण्डोर्समेण्टका साथ गरेका थिए । केहि सेलीब्रेटी त यसमा ७ करोड रुपैयाँसम्मको फी लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?