बालिकाले जागिर माग्दै लेखिन् गूगललाई पत्र, आयो यस्तो जवाफ

हरेक बाबुआमाले आफ्ना छोराछोरीलाई लिएर अनेक सपना बुनेका हुन्छन् । उनीहरुलाई भविष्यमा के बनाउने देखि लिएर कुन स्कूल, कलेजमा पढाउनेसम्मका योजना बुन्ने गर्छन् अभिभावक ।

तर कहिलेकाहीँ बाबुआमाको योजना र छोराछोरीको सपनाले मेल नखान पनि सक्छ । आजभोलि बालबालिकाले आफ्नो भविष्यका लागि आफै योजना बनाउने र त्यसका लागि प्रयास गर्ने गरेका छन् । यस्तै एउटा घटना भएको छ बेलायतमा पनि ।

७ वर्षीया  क्लोइ ब्रिजवाटर नामक बालिकाले आफूलाई जागिर लगाइदिन गुगललाई पत्र लेखेकी छन् । उनले गूगलका सीईओ सुन्दर पिचाइलाई आफ्नै हातले पत्र लेखेर गूगलमा काम गर्न चाहेको बताएकी हुन् ।

उनले आफूलाई कम्प्युटर मनपर्ने भएकाले यसैमा काम गर्न इच्छा रहेको पत्रमा उल्लेख गरेकी छिन् । साथै पौडी खेल्न पनि मनपर्ने भएकाले ओलम्पिकमा पौडी खेल्न चाहेको बताएकी छिन् ।

अझ अचम्मको कुरा त के छ भने गूगलले उनको पत्रको जवाफ समेत दिएको छ ।

सीईओ सुन्दर पिचाइले बालिकालाई पत्रमार्फत् भविष्यमा अध्ययन राम्रो भएमा जागिर दिने आश्वासन दिएका छन् । पत्रमा उनले लेखेका छन् ’यदि तिमीले मिहनेतसाथ अध्ययन ग¥यौ भने गूगलमा काम गर्न सक्छौं, तिम्रो स्कूलको पढाइ सकिएसँगै म तिम्रो जब एप्लिकेशनको प्रतिक्षामा रहनेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?