२०७७, १० माघ शनिवार १४:३३

रेल्वे ट्र्याकमा छोरासहित लम्पसार परिन् आमा, माथिबाट गुड्यो रेल त्यसपछि…


प्रकाशित मिति : २०७७, १० माघ शनिवार १४:३३

नेपानगरमा सबैलाई स्तब्ध बनाउने घटना घटेको छ । गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल बिहान ११:३० बजे स्टेशनमा आएर रोकेको थियो ।

त्यहाँबाट एक महिला ओर्लिन् र आफ्नो डेढ महिनाको बच्चा अँगालोमा राखेर सँगै जोडिएको रेल्वे ट्र्याकमा गएर सुतिन् । जुन ट्र्कमा करिब १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुष्पक एक्सप्रेस आयो र उनीहरुको माथिबाट कुद्यो । तर, अचम्मको कुरा के भयो भने आमा र बच्चा दुवैलाई सामान्य चोटसम्म लागेन ।

तबसुम नाम गरेकी एक विवाहित २५ वर्षीया महिला इलाहावादबाट हजुरआमाको घर मुम्बई जाँदै थिइन् । तबसुमले बताए अनुसार उनकी सौतेनी आमाले उनकोे फेरि अर्को विवाहित पुरुष मो.साजिदसँग विवाह गराउन खोजेकी थिइन् ।

पहिलेको श्रीमानले उनलाई यातना दिएपछि सम्बन्धविच्छेद गरेर माइतमा बस्दै आएकी थिइन् तबसुम । र, जबरजस्ती विवाहित पुरुषसँग विवाह गर्ने षड्यन्त्र थाहा पाएपछि आफू निकै तनावमा रहेको उनले बताएकी छन् ।

तबसुमका अनुसार छोरा जन्मिनु भन्दा करिब दुई महिनाअघि उनले आत्महत्याको प्रयास पनि गरेकी थिइन् । तर, त्यतिबेला उनी बच्न सफल नै भइन् ।

हिले उनलाई सखी सेन्टरमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस