यस्ता युवक जसलाई ११ हजार भोल्टको करेन्टले समेत कुनै असर गर्दैन

करेन्टको सानो झट्काले पनि मान्छेको जिउमा हलचल ल्याउन सक्छ तर एक युवक यस्ता छन् जसलाई ११ हजार भोल्टको करेन्टले समेत कुनै असर गर्दैन ।

भारतको हरियाणास्थित सोनीपतमा बस्ने १९ वर्षका दीपक जांगडा दुनियाका ती विचित्र पात्र हुन् ।

मानिसलाई मृत्युको मुखमा पु¥याउन २७ सय भोल्टको करेन्ट नै पर्याप्त हुन्छ । तर दीपकलाई भने ११ हजार भोल्टको करेन्ट लगाइदिँदा पनि कुनै असर हुँदैन । उनको छातीमा करेन्ट लगाएर कयौंपटक प्रयोग पनि गरिसकिएको छ । तर उनलाई यसले कुनै असर गर्दैन ।

जब कि ११ हजार भोल्टको करेन्टले ५ सय घरको लागि बिजुली पुग्छ ।

दीपकलाई आफ्नो जिउमा करेन्ट नलाग्ने कुराको अनुभूति पहिलोपटक ३ वर्षअघि भएको रहेछ । घरमा हिटर बिग्रेपछि उनले हिटर बनाउने बेलामा हातले नांगो तार छुन पुगे । करेन्ट बगिरहेको तार छुँदा पनि हातमा करेन्ट नलागेपछि उनी दंग परे । उनको त्यो अनौठो क्षमता देखेर सबै अचम्ममा परे ।

आफ्नो यो अनौठो क्षमता भगवानले दिएको उपहार भएको उनी बताउँछन् । अरु कोही पनि मानिसले गर्न नसक्ने काम आफूले गर्नसक्ने भएकाले आफू दुनियाकै भाग्यमानी मान्छे भएको उनको भनाइ छ । आफूले आफ्नो त्यो शक्ति गुमाउन नचाहने पनि उनी बताउँछन् ।

आखिर दीपकको शरीरमा के त्यस्तो शक्ति छ जसका कारण उनलाई करेन्ट लाग्दैन ? यो कुरा अझै रहस्यको गर्भमै रहेको छ । उनले यो पत्ता लगाउनका लागि डाक्टरसँग धेरै पटक आफ्नो रगत परीक्षण पनि गराए । तर सबै रिपोर्ट सामान्य पाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?