यी व्यक्तिले २ इन्च लम्बाई बढाउन खर्च गरे ८८ लाख, कसरी भयो सम्भव ?

काठमाडौं । मानिस आफ्नो शौख पूरा गर्नको लागि अनेक काम गर्नबाट पछि हट्दैनन् । यसैबीच अमेरिकाको टेकसासमा बस्ने अलफोन्सो फ्लोर्सले आफ्नो उचाई २ इन्च बढाउनका लागि ८८ लाख रुपैयाँ खर्च गरेका छन् ।

उनको उचाई पहिला ५ फुट ११ इन्च थियो ।

hight-1611159413.jpg

जसमा उनले लम्बाई बढाएर ६ फुट १ इन्च बनाएका हुन् । २८ वर्षका उनले आफूलाई अग्लो हुन मन लागेकोले यो गरेको बताएका छन् । उनले वर्षौंसम्म जिम गरे, स्ट्रेचिङ गरे तर पनि उचाई नबढेपछि सर्जरीको सहयोगले उचाई बढाए ।

त्यसपछि उनी लन्स वेगास गएर लिम्बप्लाष्टिक कस्मेटिक लिम्ब लेण्डिङ सर्जरी गरे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?