प्रचण्ड-नेपाल पक्षको प्रदर्शन : सर्वसाधारण हिँडेर गन्तव्यमा जान बाध्य (फोटोहरु हेर्नुहोस्)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ ।

संसद विघटनको विरुद्धमा प्रचण्ड नेपाल समूहले आज काठमाडौंको भृकुटीमण्डपमा बृहत जनसभा गर्दैछ । त्यसको लागि काठमाडौंका विभिन्न ठाउँहरुबाट आएको जुलुसको कारण सवारी आवागमन अस्तव्यस्त बनेको हो ।

उक्त समूहले चक्रपथ भित्रका विभिन्न नौ स्थानबाट र्‍याली निकाल्ने भएकाले ति स्थानमा ठुला सवारी साधन छिर्न नदिएको प्रहरीले जनाएको छ ।

जसको कारण दैनिक काममा जानेहरुका लागि समस्या परेको छ । सवारी आवागमन प्रभावित भएसँगै यात्रुहरु पैदलै हिँडेर गन्तव्यतर्फ जान बाध्य भएका छन् ।

फोटोहरु हेर्नुहोस्

यो पनि
प्रचण्ड-नेपाल पक्षको विरोध प्रदर्शन : यी रुट प्रयोग गर्दैछन् आन्दोलनकारी, सवारी आवागमन प्रभावित !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?