बुबा बन्दा धेरै बिदा पाइने यी ५ देश !

काठमाडौं । बुबा बन्ने सपना धेरै मानिसहरुले देखेका हुन्छन् । कहिलेकाँहि बुबाले आमाको जसरी नै आफ्ना बच्चाहरुलाई स्याहार सुसार गर्ने गर्छन् । किनभने सानो बच्चाहरुसँग बस्नुको अनुभव नै फरक हुने गर्छ ।

त्यसैले साना बच्चाहरु जन्मिएको बेलामा केहि देशहरुले बुबालाई धेरै दिन बिदा दिने गर्छ । आज हामी बच्चा जन्मिएको बेलामा सबैभन्दा पितालाई धेरै बिदा दिने देशहरुको बारेमा जानकारी दिनेछौँ ।

१.जापान

बच्चा जन्मिएको बेलामा पितालाई धेरै बिदा दिने देशहरुको पहिलो नम्बरमा जापान पर्दछ । पिता बनेको बेलामा जापानमा ३० हप्ताको बिदा दिइन्छ ।

साथै बिदा दिएको बेलाको पनि पैसा दिइन्छ । तर वर्षमा सयमा ५ जनाले मात्र यसरी धेरै बिदा लिने गर्छन् ।

२. कोरिया

जपान पछि बुबा बनेको बेलामा धेरै बिदा मिल्ने देश कोरिया हो । कोरियामा पनि बिदा बसेको बेलामा पुरै पैसा दिने गरिन्छ ।

साथै पिता बनेको बेला कोरियामा १७ हप्ताको छुट्टि मिल्छ । जापानमा जस्तै कोरियामा पनि धेरै बिदामा बस्न कोह रुचाउँदैनन् ।

३. पोर्चुगल

धेरै बिदा पाउँने तेश्रो देशको सूचीमा पर्छ पोर्चुगल । पोर्चुगलमा बुबा बन्दा पैसा नकाटी २० दिनको बिदा पाइन्छ । २० दिन पछि भने केहि पैसा काटेर १२ हप्ता ५ दिन बिदा लिन सकिन्छ ।

४. स्वीडेन

बुबा बन्दा धेरै बिदा दिने देशहरुको सूचीमा चौथो नम्बरमा पर्छ स्वीडेन । स्वीडेनमा पिता बन्दा ९० दिनको बिदा दिने नियम छ ।

बच्चा जन्मिदा आमा बुबा मिलेर स्वीडेनमा ४ सय ८० दिनको बिदा लिन सक्छन् । बिदामा बसेकाहरुलाई यहाँ पनि जागिरबाट आउँने पुरै रकम दिइन्छ ।

५.इस्टोनिया

बुबा बन्दा सबैभन्दा धेरै बिदा पाइने देशको सूचीमा पाँचौ नम्बरमा पर्छ इस्टोनिया । इस्टोनियामा बुबा बन्दा दुई हप्ताको बिदा दिने गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?