श्रीमानसँग सम्बन्धविच्छेद गरेर यी महिलाले सौतेनी छोरासँग गरिन् विवाह

काठमाडौं । सोसल मिडियामा हरेक दिन अनौठा खबरहरु भाइरल बनिरहेका हुन्छन् ।

यस्तै अहिले एउटा खबर सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । एक महिलाले आफ्नो अनुहार आकर्षक बनाउनका लागि प्लाष्टिक सर्जरी गरेकी छन् ।

त्यति मात्रै होइन, यी रुसी महिलाले आफ्ना श्रीमानलाई डिभोर्स दिएर आफ्नै सोतेनी छोरासँग विवाह गरेकी छन् । यो घटना रुसको मस्कोको हो । महिला रुसी ब्लगर हुन् ।

उनको नाम मरीना बलमशेबा रहेको छ । उनले गत वर्ष श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर आफ्ना सौतेनी छोरा भ्लादिमिर शेवरनसँग विवाह गरेकी हुन् ।

३५ वर्षीया मरीना बलमशेवाले श्रीमान एलेक्सी ऐरेसँग २००७ मा विवाह गरेकी थिइन् । उनका यसअघि नै उनका ४ जना सौतेनी छोराछोरीलाई काख लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?