यी व्यक्तिलाई पैसा तिरेर किन्न पाइन्छ !

काठमाडौं । आजको समयमा पैसा भएपछि हरेक कुरा किन्न सकिन्छ । कार, बाइक, घर,सहित सबै किन्न पाइन्छ । तर आज हामी तपाईलाई एउटा यस्तो घटनाको बारेमा जानकारी दिँदैछौँ, जुन घटना सुनेपछि तपाई पनि अचम्मित बन्नुहुनेछ ।

एक रिपोर्टका अनुसार जापानमा एक व्यक्तिलाई पैसा तिरेर जो कोहीले पनि किनेर लान सक्छन् । जापानका ३७ वर्षीय शोजी मोरिमोटो नामका ती व्यक्तिलाई जो कोहीले पनि किनेर लान सक्छ ।

उनी जापानको राजधानी टोकियोमा बस्छन् । सोसल मिडियामा उनका टन्नै फ्यान छन् । ट्वीटरमै उनका २ लाख ६८ हजार फलोअर छन् । उनलाई किन्नको लागि १० हजार येन खर्च गर्नुपर्छ ।

पहिले २०१८ मा उनी फ्रि सर्भिस दिन्थे । जसले एक्लोपन महशुस गर्छ उसले उनलाई किनेर लैजान सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?