यो गुफामा छ भगवान गणेशको काटिएको शिर !

काठमाडौं । हिन्दू धर्ममा भगवान गणेशलाई प्रथम पुज्य देवताका रुपमा हेर्ने गरिन्छ । भनिन्छ भगवान शिवले क्रोधमा आएर गणेशजीको शिर काटिदिएका थिए ।

पछि माता पार्वतीले भनेपछि भगवान शिवले हात्तीको टाउको ल्याएर जोडिदिएका थिए । तर भगवान गणेशको शिर कहाँ राखिएको थियो भन्ने कुरा सायदैलाई मात्र थाहा होला ।

भगवान शिवले गणेशजीको वास्तविक शिर एउटा गुफामा राखेका थिए । उक्त गुफा भारतको उत्तरखणडस्थित पिथौरागढमा रहेको छ । यस गुफालाई पाताल भुवनेश्वरको नामबाट पनि चिन्ने गरिन्छ ।

यसको वर्णन स्कन्द पुराणमा गरिएको छ । जहाँ गणेशजीको शिर रहेको छ त्यहाँ भक्तहरुको आस्थाको केन्द्र रहेको छ । त्यहाँ रहेको गणेशजीको मूर्तिलाई आदि गणेश भनेर भन्ने गरिन्छ ।

यो गुफा एउटा विशाल पहाडको ९० फुट भित्र रहेको छ । यो गुफाको खोजी भगवान आदि शंकराचार्यले गरेका थिए । यस गुफामा भगवान गणेशको काटिएको शिरको माथि १०८ शवाष्टक व्रह्मकमल रहेका छन् ।

यो व्रह्मकमलबाट भगवान गणेशको शिलारुपी मूर्तिमा जल झर्छ । मान्यताका अनुसार यो व्रह्मकमल भगवान शिवले नै स्थापित गरेका थिए ।

मन्दिरमा आदिगणेशको शिर खस्दै गरेको देखिन्छ । यो गुफामा कालभैरवको जीब्रोको पनि दर्शन गर्न सकिन्छ ।

यसबारेमा मानिसहरु कालभैरवको मुखबाट पसेर गर्भमा प्रवेश गर्दै पुछारबाट निस्किँदा मुक्ति मिल्ने विश्वास गर्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?