२०७७, ५ माघ सोमवार २२:२१

यस्तो गाउँ जहाँ महिनौँसम्म सुतिरहन्छन् मानिस !


प्रकाशित मिति : २०७७, ५ माघ सोमवार २२:२१

काठमाडौं । रामायणमा रावणका भाइ कुम्भकर्णको बारेमा त सबैलाई थाहा होला । उनी ६ महिना सुत्थे भने ६महिना उठ्थे । तर संसारमा एउटा यस्तो पनि ठाउँ छ, जहाँका मानिस महिनौँसम्म सुत्छन् ।

यो कुरा पत्याउन गाह्रो पर्ला तर सत्य हो । यो अनौठो गाउँको नाम कलाची हो । काजकिस्तानको यो गाउँमा मानिस एक दिन नभएर महिना दिनसम्म सुतिरहन्छन् ।त्यसैले यो गाउँलाई स्लीपी हलो भन्ने गरिन्छ ।

यो के कारण भयो भनेर वैज्ञानिकले अनुसन्धान गर्दा गाउँमा यूरेनियमबाट बन्ने बिषालु ग्यासको प्रभावले भएको पत्ता लागेको छ । यसको कारण त्यहाँको पानी समेत बिषालु बनेको छ ।

यो गाउँमा ६ सय जना मानिस बस्छन् । सुतेपछि त्यहाँका मानिस अगाडिको सबै बिर्सन्छन् ।

प्रतिक्रिया दिनुहोस