डेलिभरीको १० दिन पहिला मात्रै महिलालाई गर्भवती भएको थाहा भयो, ११ औँ दिनमा जन्मियो बच्चा !

काठमाडौं । आमा बन्ने सपना अधिकांश महिलाको हुने गर्छ । यो समयमा महिलाको शारीरिक बनावट नै बद्लिन्छ । तर बेलायतमा एउटा अनौठो घटना भएको छ ।

त्यहाँको ब्रिस्टल शहरमा बस्ने एक महिलाले बच्चालाई जन्मदिने भन्दा १० दिन पहिला मात्रै आफू प्रेग्नेन्सी भएको थाहा पाएकी छन् । उनले ११ औँ दिनमा बच्चालाई जन्म दिएकी थिइन् ।

यो घटना बेलायतमा बस्ने कपल सेम हिक र जोएको साथमा भएको हो । महिला कोरोना संक्रमणका कारण गत वर्षको नोभेम्बरमा अस्पतालमा भर्ना भएकी थिइन् । तर उनको चेकहप गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

१ जनवरीमा उनी टिभी हेर्दैगर्दा उनका श्रीमानले बच्चाले पेटमा हिर्काएको धड्कन आएको बताए । त्यसपछि टेस्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । उनी त्यो बेला नौ महिना ३ हप्ताकी प्रेग्नेन्ट थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?