जन्मअघि नै दुई आमाको गर्भमा रहेर यी बच्चाले बनाए अनौठो रेकर्ड !

काठमाडौं । विज्ञानले हरेक असम्भव कुरालाई रिसर्च गरेर सम्भव जस्तै बनाइसकेको छ ।

चिकित्सा क्षेत्रमा पनि नयाँ प्रविधि भित्राइरहेको छ ।एउटा यस्तै अचम्मित बनाउने केस अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।तपाई पनि यो घटना पूरा जानेपछि छक्क पर्नुहुनेछ ।

यो यूकेको एक समलिङ्गी कपलको कुरा हो । जसले अनौठो रेकर्ड बनाएका छन् । उनीहरुले एउटै बच्चालाई आफ्नो गर्भमा राखेका हुन् । यो सबै शेयर्ड मदरहुड प्रक्रिायाद्वारा भएको हो ।

यो बेलायतमा पहिलो पटक भएको हो । ब्रिटिश कपल ज्यास्मीन र डोना फ्रान्सिस स्मिथको पहिलो बच्चा ओटिसको जन्म निर्धारित समयभन्दा २ महिना पहिला नै भएको थियो ।

बच्चाको जन्म एनाभीभो नेचुरल फर्टिलाइजेशन प्रक्रियाबाट भएको थियो । यो प्रक्रियामा अण्डालाई आमाको शरीरको भित्र नै प्रत्यारोपित गरिन्छ ।

त्यस्तै आइभीएफमा यो प्रक्रिया शरीरको बाहिरबाट हुन्छ । भ्रुण एक आमाको कोखबाट अर्को आमाको कोखमा सारेर यो सम्भव भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?