२०७७, ८ माघ बिहीवार ०१:००

१११ वर्षका वृद्धले बताए लामो समय बाँच्नुको रहस्य !


प्रकाशित मिति : २०७७, ८ माघ बिहीवार ०१:००

काठमाडौं । आजको समयमा धेरै समय बाच्नु एउटा अनौठो कुरा भएको छ । किनभने अहिले मानिसको आयु भनेको ६० देखि ७० वर्ष रहेको छ । यसैबीच आज हामी तपाईलाई १११ वर्षका वृद्धको बारेमा जानकारी दिनेछौँ ।

उनी १११ वर्षमा पनि यति स्वस्थ रहेर बाँचिरहेको कुरा उनले एक अन्तर्वार्ताका क्रममा बताएका छन् । अष्ट्रेलियामा बस्ने डेक्सटर क्रुगर सबैभन्दा वृद्ध व्यक्ति रहेका छन् ।

उनको उमेर १११ वर्ष रहेको छ । हालैमा उनले क्वीसल्याण्डको एक नर्सिङ होममा आफ्नो १११ औँ जन्मदिन मनाएका छन् । उनको जन्म १३ जनवरी १९१० मा भएको थियो ।

एक अन्तर्वार्तामा उनले श्वास फेरिरहने र दिनमा तीन पटक खाना खाने गरेकोले नै आफू यति धेरै स्वस्थ रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस