यस्तो ठाँउ जहाँ सर्पले गर्छ मसाज

काठमाडौं । मसाज सेन्टरमा मानिसहरु थकान मेट्नका लागि जाने गर्छन् ।

हामीले सुनेका वा देखेका मसाज सेन्टरहरुमा महिला वा पुरुष हुन्छन् । तर आज हामीले जानकारी दिन गइरहेको मसाज सेन्टरबारे जानकारी पाउँदा सबै चकित पर्नुहुनेछ ।

इजिप्टमा सर्पद्वारा मसाज दिइन्छ । यो मात्र होइन सर्पले मसाज गर्दा मानिसहरुको शरीर दुखाई पनि समाप्त हुन्छ र उनीहरुलाई ठूलो राहत मिल्ने गर्दछ ।

‘सर्प मसाज’ को समयमा, ग्राहकलाई पहिले तेल लगाएर मालिस गरिन्छ । त्यसपछि जीवित सर्पहरू वा अजिङ्गरहरू उनीहरूको शरीरमा छोड्ने गरिन्छ । मसाज सेन्टरमा मानिसहरूलाई ३० मिनेट राम्रो मसाज दिइन्छ । त्यस समयमा लगभग २८ प्रकारका सर्पहरू ग्राहकको शरीरमा हिँड्ने गर्छन ।

‘सर्प मसाज’ को भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि विश्वभर चर्चा शुरु भएको छ । मसाज सेन्टरका मालिक सफवत सेडकी भन्छन् कि सर्पले मालिस गर्दा मांसपेशी र जोर्नीको दुखाइमा धेरै राहत हुन्छ । सर्पको मालिस लिने ग्राहकहरू शुरुवातमा एकदम डराएका भए पनि मसाज शुरु हुने बित्तिकै डर अन्त्य भयो र दुखाईमा ठूलो राहत भएको भन्दै बयान गर्ने गर्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?