गाईलाई खतरनाक जनावर मान्ने देश !

हिन्दू धर्मअनुसार गाईलाई लक्ष्मी माता (गौमाता) मानेर पूजा गरिन्छ ।

वैज्ञानिकहरुले गाईलाई एक इमान्दार जनावर मान्ने गरेका छन् । गाईको गहतलाई औषधिका रुपमा प्रयोग गरिन्छ ।

तर, बेलायतमा भने गाईलाई एक डरलाग्दो जनावरका रुपमा लिइन्छ ।

बेलायतमा एक टनभन्दा बढी वजन भएका जनावरले मानिसलाई कुल्चेर या ठक्कर दिएर ज्यान समेत लिने गर्छन् । त्यहाँ पछिल्लो १५ वर्षमा गाईका कारण ७४ जनाको ज्यान गइसकेको छ ।

जसकारण उक्त देशमा गाईलाई खतरनाक जनावरको सूचीमा राखिएको छ ।

लण्डनस्थित हेल्थ एण्ड सेफ्टी एक्जिक्युटिभको एक तथ्यांकले कुकुरभन्दा गाई खतरनाक भएको बताएको छ । उक्त तथ्यांकमा गाई या अन्य पशुलाई सडकमा नछोड्न पनि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?