यस्तो चलन जहाँ दाइजोमा दुलहालाई बियर दिइन्छ

संसारमा विवाहका अनेक रीतिरिवाज हुन्छन् । विवाह बन्धनलाई एक पवित्र बन्धनका रुपमा पनि लिइन्छ ।

हिन्दू धर्ममा बिहेको आफ्नै नियम छ तर बिहे गर्ने रीतिरिवाज भने ठाउँअनुसार फरक हुन्छन् । नेपालमा पनि ठाउँअनुुसार बिहे गर्ने तरिका फरक हुन्छन् ।

भारतमा त झन् यस्ता अनेक घटना सुन्न पाइन्छ ।

भारतको छत्तीसगढस्थित बस्तर गाउँमा अचम्मको परम्परा छ । यहाँ बेहुलीका तर्फबाट बेहुलालाई बियर दिने चलन छ ।

यो बियर एक रुखको रसबाट बनाइने गरिन्छ । यसको वैज्ञानिक नाम पनि छ र त्यो हो, केरियोटा युरुेन्स ।

यो बिरुवालाई मोहकारी पनि भन्ने गरिन्छ । यो रुखले २० लिटर जति मादक पदार्थ दिने वैज्ञानिकहरु बताउँछन् ।

छत्तीसगढमा बिहे अन्य स्थानको झैं गरिन्छ । तर, बेहुलालाई दाइजोका रुपमा भने बियर दिनुपर्ने चलन छ । स्थानीयले यो रुखलाई यति महत्त्वपूर्ण मान्छन् कि, यसको मूल्य र एक एकड जग्गाको मूल्य एउटै पर्न आउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?