संसारकै सबैभन्दा कान्छी हजुरआमा, उमेर २३ वर्ष मात्रै !

*****रोमानियाको एक महिला २३ वर्षको उमेरमा हजुरआमा बनेकी छन् । ११ वर्षीया छोरीले छोरा जन्माएपछि उनी हजुरआमा बनेकी हुन् ।

रोमानियाको बंजारा जातिमा एकदमै सानो उमेरमा नै विवाह गरिदिने चलन छ त्यसैले पनि एकदमै कम उमेरमा उनीहरु बुबाआमा बन्ने गर्छन् । २३ वर्षीया हजुरआमा रिफ्फाकी आमा अहिले ४० वर्षकी मात्र भएकी छन् । रिफ्फाले पनि ११ वर्षकै उमेरमा आफ्नो प्रेमीसँग भागेर विवाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रिफ्फाले १२ वर्षको उमेरमा छोरी मारियालाई जन्म दिएकी थिइन् भने त्यसको केही वर्षपछि दोश्रो सन्तान जन्माएकी थिइन् । रिफ्फा आफ्नी छोरीले पढाइ जारी राखोस् भन्ने चाहन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?