कुनै पनि सामान छुन नपाइने विश्वकै पुरानो लोकतान्त्रिक गाउँ !

काठमाडौं । कतिपय ठाउँहरु त्यस्ता पवित्र हुन्छन् कि बाहिरी मानिसहरुको प्रवेश तथा स्पर्श नै निषेध गरिएको हुन्छ । भारतको हिमाञ्चल प्रदेशको कूल्लुस्थित मलाणा गाउँ त्यस्तै पवित्र गाउँ मध्येको एक हो । उक्त गाउँमा यदि तपाईले कुनै पनि वस्तु छुनु भयो भने १ हजार भारु जरिवाना तिर्नुपर्दछ ।

त्यो एउटा यस्तो गाउँ हो जहाँ अकबरको पूजा हुन्छ । त्यहाँको विचित्र परम्पराको कारण वर्षेनी हजारौं पर्यटक आउँछन् ।

उक्त गाउँमा जाने बाहिरी मानिसहरुले यदि कुनै पसलबाट सामान किन्न चाह्यो भने अनौठो परिस्थितिबाट गुज्रिनुपर्छ । तपाईलाई न त पसलेले हात हातै छोएर सामान दिन्छ न त तपाईले हातहातै छोएर पैसा दिन पाउनुहुन्छ ।

तपाईले सामानको नाम भनेर काउन्टरमा पैसा राखिदिनुहुन्छ अनि पसलेले काउन्टरमा सामान राखिदिन्छ र सोही सामान तपाईले लिनुहुन्छ । यहाँको भाषाका केही शब्द ग्रिक छन् ।

त्यहाँको रितिरिवाज भारतका बाँकी ठाउँहरुको भन्दा फरक छ । त्यहाँ हरेक ठाउँमा बोर्डमा यो गाउँमा कुनैपनि चिजलाई छुन मनाही छ, छोएमा १ हजार जरिवाना गरिनेछ भनेर लेखिएको हुन्छ ।

वास्तवमा दुई हजार वर्ष पुरानो विश्वको पहिलो लोकतान्त्रिक व्यवस्था त्यहाँ आज सम्म पनि छ । त्यहाँका मूल निवासीहरु अहिलेपनि आफूलाई सिकन्दरका सेनाका वंशज मान्दछन् ।

उक्त गाउँ भारतमा अकबर शासन कालमा सबैभन्दा पहिले स्वतन्त्र भएको गाउँ पनि हो । अकबरले उक्त गाउँलाई पवित्र गाउँ घोषणा गर्दै गाउँले कुनैपनि कर तिर्नु नपर्ने घोषणा गरेका थिए ।

त्यो गाउँका मानिसहरुले बाहिरी मानिसहरुलाई तल्लो स्तरको तथा अछुत ठान्दछन् र गाउँका कुनै चिज छुने अनुमति दिँदैनन् ।

त्यहाँ जाने बाहिरी मानिसहरुले उनीहरुका लागि छुट्टाइएको निश्चित बाटोमा मात्र हिँड्न पाउँछन् र त्यहाँका पर्खाल, घर तथा मानिसहरुलाई छुन पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?