टेलिभिजनमा बोल्दा बोल्दै पत्रकारको दाँत झरेपछि…

काठमाडौं । टेलिभिजनमा प्रत्यक्ष बोल्दा थुप्रै चुनौतीहरु हुन्छन् । लुक्स, मेकअप, हाउभाउ आदिमा निकै ध्यान दिनु पर्ने हुन्छ । प्रस्तोताहरु यस विषयमा निकै सावधान पनि हुन्छन् ।

यद्यपि कहिलेकाहीँ अनौठा घटना भइदिन्छन् । यस्तै भएको छ युक्रेनकी एक महिला पत्रकारलाई । युक्रेनकी पत्रकार मारिच्का पाडाल्कोको टेलिभिजनमा बोल्दाबोल्दै दाँत झरेको छ । त्यसपछि उनले सम्हालिएर रिपोर्ट प्रस्तुत गरिन् तर दाँत झरेको कुरा अरुले थाहा पाए ।

उनले कसैलाई नढाँटी आफ्नो ईन्स्टाग्राममा पोष्ट गरिन् र भनिन्, ‘मैले समाचार पढेको २० वर्ष भयो तर यस्तो अचम्मको अनुभूति पहिलो पटक भयो ।’

भिडियोमा उनले समाचार पढ्दापढ्दै दाँत अलि तल झरे पछि हातले छोपेर दाँत व्यवस्थापन गरेको देख्न सकिन्छ । उनको यो भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको थियो भने धेरैले उनको प्रशंसा गरेका छन् ।

उनले केही वर्ष अघि आफ्नी सानी छोरीले भित्ते घडी आफूतिर फ्याँक्दा मुखमा लागेर दाँत झरेको र पछि नक्कली दाँत हालेको स्वीकार गरेकी छन् । त्यही दाँत पनि टेलिभिजनमा बोल्दाबोल्दै खसेको उनले स्वीकारेकी छन् । ‘यस्तो परिस्थिति आउन सक्छ, केवल शान्त रहनुस्’ उनले अरुलाई सुझाएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?