घुम्ने शौखमा बेचिदिए घर, स्कूल बसलाई बनाए घर !

काठमाडौं । संसारमा हरेक मानिसको आ आफ्नै शौख हुन्छ । कसैलाई घुम्ने शौख हुन्छ, त कसैलाई जनावरहरु पाल्न र तिनहिरुसँग रमाउन । अमेरिकामा बस्ने एक कपलले भने घुम्ने शौखमा आफ्नो घर नै बेचेका छन् ।

उनीहरुले आफ्नो जागिरबाट पनि राजीनामा दिएर घुम्न निस्किएका हुन् ।

उनीहरु अहिले एक स्कूल बसलाई घर बनाएर बसिरहेका छन् । फ्लोरिडाका एक कपलले १४ सय स्क्वायर फीटमा फैलिएको आफ्नो घर बेचेर घुम्न निस्किएका हुन् ।

३२ वर्षका ज्याक र गियानाले आफ्नो घुम्ने शौख पूरा गर्नका लागि यस्तो गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?