काठमाडौं । भारतको कर्नाटकमा एक अनौठो घटना भएको छ ।

त्यहाँ विवाह गर्न गएका बेहुला प्रेमीकासँग भागेपछि बेहुलीले तत्काल जन्त आएका एक व्यक्तिसँग विवाह गरेकी छन् । यो घटना भारतको कर्नाटकस्थित चिकमंगलुरुको हो ।

त्यहाँ नवीन र अशोक नाम गरेका दुई दाजुभाईको विवाह हुने भनिएको थियो ।

अशोकको त विवाह भयो तर नवीन प्रेमीकासँग मण्डपबाटै फरार भए । नवीनका अनुसार उनकी प्रेमीकाले अरुसँग विवह गरेमा मण्डपमे आएर बिष पिउने धम्की दिएपछि आफू फरार भएको बताएका छन् ।

यता बेहुलीले भने बेहुलाको त्यो हर्कतका कारण जन्त आएक एक अन्य व्यक्तिसँग विवाह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया