मैदानमा बेहोस भएका एलेक्सको निधन

काठमाडौं । पोर्चुगलको तेस्रो डिभिजन लिगअन्तर्गतको खेल खेल्ने क्रममा मैदानमा बेहोस भएका फुटबलर एलेक्स अपोलिनारियोको निधन भएको छ ।

एफसी अल्भेर्काबाट खेल्दै आएका अट्याकिङ मिडफिल्डर एलेक्सको बिहीवार २४ वर्षको उमेरमा भएको हो । अल्भेर्काले बिहीवार युवा खेलाडीको निधन भएको पुष्टि गरेको छ ।

ब्राजिलियन खेलाडी एलेक्स युनिया अल्मिरिमविरुद्धको खेल दौरान मैदानमा बेहोस भएका थिए ।

मैदानमा बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई चार दिनपछि मृत घोषित गरेको थियो ।

यो पनि पढ्नुहोस् : १० खेलाडी : जो खेल मैदानमा खेल्दाखेल्दै संसारबाट बिदा भए (फोटोसहित विवरण)

यो पनि पढ्नुहोस् : फुटबलर चिनिमीको मैदानमा फुटबल खेल्दा खेल्दै मृत्यु !

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?