काठमाडौं । अमेरिकामा हिंसाकाबीच अमेरिकी कांग्रेसले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई अमेरिकाको राष्ट्रपति घोषणा गरेको छ । यूएस कांग्रेसको ज्वाइन्ट सेशनले भाइस प्रेसिडेन्ट इलेक्ट कमला ह्यारिसलाई पनि आधिकारीक रुपमा नै उपराष्ट्रपति घोषणा गरेको छ ।
कांग्रेसको स्विकृतिपछि बाइडेन आधिकारीक रुपमा अमेरिकाको राष्ट्रपति बनेका छन् ।
कमला ह्यारिस आधिकारि उपराष्ट्रपति बनेकी छन् । भोटिङको ६४ दिनपछि अमेरिकी संसदले बाइडेनलाई राष्ट्रपति घोषणा गरेको हो ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
अमेरिकाको संसदमै गोली चलेको प्रकरण के हो ? ट्रम्पले उक्साएका थिए समर्थकहरुलाई !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया