यो हो संसारकै सबैभन्दा महंगो केक, कति छ मूल्य ?

काठमाडौं । संसारमा अनौठो कुराको कतै कमी छैन । सारा संसार अनौठा कुरा र रहस्यले भरिएको छ । यसैबीच अहिले संसारकै सबैभन्दा महंगो केकको चर्चा रहेको छ ।

रिपोर्टकाअनुसार यसको मूल्य करोडौँ रहेको छ । दुबईका सेबलीब्रेटी केक डिजाइनर डेबविंघमले तयार पारेका छन् । यो दुरुस्त महिला जस्तो देखिन्छ ।

यसलाई तयार गर्नका लागि धेरै समय लागेको छ । यो तयार पार्न १० दिन भन्दा धेरै समय लागेको छ ।

यसमा १००० मोती, ५००० फूल, १००० अण्डा, २५ किलो चकलेटको प्रयोग गरिएको छ ।यसको वजन १०० किलो रहेको बताइएको छ ।यसले विश्वकै सबैभन्दा महंगो केकको रेकर्ड बनाएको छ ।

यसको मूल्य १ करोड भन्दा पनि बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?