७० वर्षीया महिला गर्भवती, डाक्टर परे चकित !

काठमाडौं । एक ७० वर्षीया महिला गर्भवती भएकी छन् । सुन्दा अचम्म लाग्ने यो घटना मेक्सिकोको हो । मेक्सिकोको सिनालोआस्थित मजत्लासन क्षेत्रकी बासिन्दा ७० वर्षकी मारिया डी लालुसले आठौँ सन्तानको रुपमा बच्चा जन्माइन् ।

उनी पहिले नै ७ बच्चाकी आमा हुन् । पाको उमेरमा पुनः गर्भवती भएपछि डाक्टरहरु पनि अचम्ममा परेका छन् ।

आफूलाई पाइताला दुख्ने र पटक–पटक वान्ता हुनेलगायतका गर्भावस्थाका लक्षण देखिएपछि उनले गर्भ परीक्षणसँगै अल्ट्रासाउण्ड पनि गराइन् । विभिन्न १० वटा क्लिनिकहरुमा गएर परीक्षण गर्दा पनि गर्भको सकारात्मक नतिजा आएपछि मात्र उनलाई आफू गर्भवती भएको यकिन भयो ।

आफ्नो गर्भमा अहिले छोरी रहेको पनि उनले बताएकी छिन् । ७० वर्षमा गर्भवती हुने मारिया दुनियाँको एक्लो महिला भने होइनन् ।

भारतको पन्जाबकी दलजिन्दर कौन नामकी महिलाले सन् २०१६ मा ७० वर्षको उमेरमा बच्चा जन्माएर विश्वमा सबैभन्दा पाको उमेरमा आमा बन्ने महिलाको कीर्तिमान राखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?