कंगारुसँग जोडिएका अनौठा रहस्य !

काठमाडौं । अष्ट्रेलियाको राष्ट्रीय जनावर कंगारु एक स्तनधारी प्राणी हो । र यो जीवको बारेमा मानिसहरुलाई त्यति थाहा नहुन पनि सक्छ ।

आज हामी तपाईलाई कंगारुका केहि रहस्यको बारेमा जानकारुी गराउँछौँ ।

कंगारु फल, पात र घाँस खान मात्रै मन पराउँछ । केहि दिनसम्म पानी नपिइ पनि बस्न सक्छ । उनीहरुको आँखा धेरै तैज हुन्छ । तर यसले मात्र यताउती हिँडेकालाई मात्र देख्छ । कंगारु अष्ट्रेलियामा पाइन्छ ।

कंगारु दौडिँदा करिव ३२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडिन्छ । उ एक पटकमा १५ २० फीटसम्म छलाङ लगाउन सक्छ ।

कंगारु जमीनमा दुई र पानीमा चार खुट्टाको प्रयोग गर्छ । यो बाहेक पनि कंगारु पुच्छरको प्रयोग आफ्नो पाचौँ खुट्टाको रुपमा गर्छ ।

यिनीहरुको पुच्छरले सबे भार थाम्न सक्छ । मादा कंगारुको गर्भकाल धेरै छोटो हुन्छ । कंगारु ३५ देखि ४० दिनमा नै बच्चालाई जन्म दिन्छ ।

त्यसैले यति छोटो समयमा कंगारुको बच्चा पुरा रुपमा विकसित हुन सक्दैन । कंगारु सधैँ हुलमा बस्न मन पराउँछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?