श्रीमान घरमा ढिलो आएको भन्दै श्रीमतीले अनुहारमा खन्यादिइन् तातो तेल

काठमाडौं । भारतको मध्य प्रदेशको सागर जिल्लास्थित बहेरिया थाना अन्तर्गत कर्रापुर गाउँमा डरलाग्दो घटना भएको छ ।

त्यहाँ एक महिलाले श्रीमान घरमा ढिला आएको भन्दै श्रीमानको अनुहारमा तातो तेल खन्याइदिएकी छन् ।

उनको पछिल्लो समय श्रीमानसँग विवाद हुँदै आएको थियो । उनको नाम शिवकुमारी अहिरवार रहेको बताइएको छ ।

यसबारे पुलिसले अनुसन्धान थालेको बताइएको छ ।

पीडित अरविन्द अहिरारका भाईले यसको बारेमा जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?