पुलिसको डरले अण्डरवेयरमा समोसा लुकाएपछि

काठमाडौं । तपाईले अण्डरवेयरमा सुन लुकाएर तस्करी गरेको कुरा त सुन्नुभएको होला । तर अण्डरवेयरमा समोसा लुकाएको घटना सुन्नुभएको छैन होला ।

सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो । यो घटना इंग्ल्याण्डको हो ।

इंग्ल्याण्डको बर्मीघमका एक व्यक्ति जेलबाट पेरोलमा छुटेका थिए ।

फेरि जेलभित्र जाँदा उनी अण्डरवेयरमा समोसा लिएर जान्थे । जब उनीसँग सोधपुछ गरियो तब, सेल पुलिसले राम्रो स्तरको खाना खान नदिने भएकोले यो गरेको बताए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?