५ श्रीमतीद्वारा श्रीमानको बलात्कारपछि हत्या !

काठमाडौं । समाचारको शिर्षक (हेडलाइन) पढेर पक्कै पनि अचम्ममा पर्नुभयो होला । सुन्दा अचम्म लाग्ने यो घटना नाइजेरियाको हो । नाइजेरियामा श्रीमतीको बलात्कारपछि श्रीमानको हत्या भएको छ ।

एकजना करोडपति व्यक्तिसँग पाँचजना श्रीमतीले लगातार बलात्कार गरेका थिए । उनले छैटौं श्रीमतीलाई बढी माया गरेको आरोप लगाउँदै पाँच पत्नीले उनको बलात्कार गरेका हुन् ।

गत साता करोडपति व्यापारी युरोको ओनोजाले आफ्नी छैटौँ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेको समयमा उनका पाँचै पत्नीले छुरा र लाठि लिएर उनलाई धम्की दिएका थिए ।

उनीहरुले यौन सम्बन्ध राख्नलाई प्रस्ताव गरे तर ओनोजाले बिरोध गरेपछि श्रीमतीहरुले बलात्कार गरेका थिए । त्यसै क्रममा उनको ज्यान गएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?