समुन्द्रमा भेटियो एलियन जस्तै देखिने जीव !

काठमाडौं । संसारमा रहस्यमयी जीवको कुनै कमी छैन । तर अचानक यस्ता जीव देखिँदा भने हामी सबैको होश उड्छ नै ।

यसैबीच अष्ट्रेलियाको समुन्द्री तटमा एक अनौठो जीव फेला परेको छ । उक्त जीव एलियन जस्तो भएको बताइएको छ ।

अनौठो उक्त जीवको लम्बाई करिव २ फीट रहेको छ । जानकारले यो जीव ओशन सनफिश रहेको बताएका छन् ।

अष्ट्रेलियाको भिक्टोरिया प्रान्तस्थित दक्षिण पश्चिम तटको केनेट नदीमा यो अनौठो जीव फेला परेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?