आठ महिनापछि जेलबाट रिहा भयो कुखुरो !

काठमाडौं । कुखुरोलाई जेलमा राखिन्छ भन्दा तपाईलाई विश्वास लाग्दैन होला । तर यो घटना वास्तवमै सत्य हो ।

पाकिस्तानको सिन्ध प्रान्तकोघोटमी जिल्लामा एक कुखुरोलाई आठ महिना जेलमा राखिएको छ । एक स्थानीय अदालतले उक्त कुखुरोलाई आठ महिना पछि जेलबाट रिहा गरेको हो ।

आठ महिना अगाडि लडाईका बेला केहि मानिससहित केही कुखुरालाई पनि गिरफ्तार गरिएको थियो । तर कसैले पनि आफ्नो कुखुरा हो भन्दै नआएकोले उनीहरुलाई पनि जेलमै राखिएको थियो । तर केहि दिन अगाडि त्यहाँका जफर मीरानीले अदालतमा मुद्दा हालिन्, त्यसपछि उनका कुखुरा रहेको पत्ता लाग्यो । लगत्तै अदालतले कुखुरालाई पनि रिहा गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?