दिनमा तीन पटक रङ बदल्छ यो शिवलिङ्ग !

काठमाडौं । अनौठो कुराको विश्वमा केहि कमी छैन । तपाईले हरेक दिन सामाजिक सञ्जालमा यस्ता अनौठा कुराहरु सुन्दै र पढ्दै आउनुभएको होला । पत्याउन गाह्रो पर्छ नै तर यो सत्य हो ।

भारतको राजस्थानस्थित अचलेश्वर महादेव मन्दिरमा रहेको शिवलिङ्गले दिनमा तीन पटक आफ्नो रङ बदल्छ । यो मन्दिर धेरै चमत्कारीक रहेको बताइएको छ ।

यसको रहस्य अहिलेसम्म कसैले पत्ता लगाउन नसकेको स्थानीय बताउँछन् । धेरैले प्रयाश गरेपनि हालसम्म यसको रहस्य खोतल्न कोहि सफल भएका छैनन् ।

बिहान यसको रङ रातो हुन्छ भने, दोश्रो प्रहरमा केसरी र राती कालो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?