मेस्सीको नाममा अर्को रेकर्ड : बार्सिलोनाका लागि ला लिगामा खेले ५०० म्याच

काठमाडौं । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले स्पेनिश क्लव बार्सिलोनाको लागि एक अर्को रेकर्ड कायम गरेका छन् । उनले आईतवार राती टीमका लागि स्पेनिश लिग ला लिगामा ५०० म्याच खेलेका छन् । यो उपलब्धि हासिल गर्ने उनी पहिलो नन स्पेनिश प्लेयर हुन् ।

ला लिगामा सबैभन्दा धेरै म्याच खेल्ने रेकर्ड पूर्व गोलकिपर एन्दोनी जुबिजारेताको नाममा छ । उनले एटलेटिको, बार्सिलोना र भेलेन्सियाको लागि कुल ६६२ म्याच खेलेका थिए । मेस्सीले ५०० म्याच स्पेनिश क्लव हेस्काविरुद्ध खेलेका थिए । यसमा बार्सिलोनाले १-० को जित निकालेको थियो ।

Image

मेस्सीको बार्सिलोनाको लागि यो ओभरल ७५० औँ म्याच हो । उनले अहिलेसम्म टीमका लागि ६४४ गोल गरेका छन् । यसमा उनले २८० गोल असिस्ट गरेका छन् ।

यो पनि पढ्नुहोस् : बार्सिलोनाको साँघुरो जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?