जब प्रेमीसँग शारीरिक सम्बन्ध राख्दाराख्दै अस्पताल दौडिनुपर्‍यो !

काठमाडौं। सहवासा गर्दागर्दै एक जोडी अस्पताल पुगेका छन् । स्पेनमा शारीरिक सम्बन्ध राख्दाराख्दैको अवस्थामा एक जोडी अस्पताल जानुपरेको हो ।

स्पेनकी ३१ वर्षीया एक युवतीले आफ्नो ब्वाईफ्रेण्डसँग ओरल सेक्स गरिरहेको अवस्थामा घातक एलर्जी भएर निरन्तर वान्ता हुन थालेपछि अस्पताल नै भर्ना हुनुपरेको हो ।
प्रेमीसँगको यौनक्रिडाका क्रममा मुखमैथुन गर्दा जब प्रेमीको विर्य निलिन् । तब उनलाई वान्ता आउन शुरु हुन लाथ्यो । साथै उनलाई स्वास फेर्न पनि कठीन भयो । उनलाई तत्कालै अस्पताल पुर्‍याइयो ।

उपचारको क्रममा जब डाक्टरहरुले वान्ता हुनुको रहस्य थाहा पाए अनि चकित परे । यौनक्रिडाको चार घण्टाअगाडि ती युवतीका प्रेमीले एमोक्सिलिन क्लेभुलेनिक एसिड पेनिसिलिन औषधि लिएका रहेछन् ।

यो औषधी मध्ये एमोक्सिलिन साधारण मानिसले पनि प्रयोग गर्न सक्छन् । तर एसिड पेनिसिलिन भने डाक्टरको सल्लाहविना प्रयोग गर्न पाईदैन । यसको जथाभावी प्रयोगले मानिसको ज्यान पनि जान सक्छ ।

ती युवतीलाई पेनिसिलिनको एलर्जी रहेछ । प्रेमीले सेवन गरेको औषधिको मात्रा उनको वीर्यमा समेत मिसिएको थियो । जसका कारण मुखमैथुनका कारण उनलाई गम्भीर एलर्जी भएर वान्ता भएको डाक्टरहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?