बघिनीको गर्जनले डरायो सिंह (भिडियोसहित)

काठमाडौं । बाघ तथा सिंहले शिकार गरिरहेको भिडियो त सामाजिक सञ्जालमा हामीले देखेका नै हौँला । तर यति बेला एक बघिनीले सिंहलाई आफ्नो गर्जनाले डराइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

हुन त सिंह बनको राजा मानिन्छ । तर एक बघिनीको गर्जनाले सिंह डराएको हामीले यो भिडियोमा देख्न सक्छौँ ।

सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियोमा एब बाघ र सिंह देख्न सकिन्छ । सँगै रहेको उनीहरु एक अर्कालाई चिथोर्न खोज्छन्, तर बघिनीको गर्जनाबाट सिंह अलि पछि सर्छ ।

यो रमाइलो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?