बोक्रासँगै फलफूल खानुका यस्ता छन् फाइदा !

काठमाडौं । सकेसम्म फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक भएकोमा कुनै द्वीमत छैन । तर हामीले खाने त्यस्ता फलफूलको बोक्रा छोडाएर खानु कति फाइदाजनक छ विचार गर्नु पनि आवश्यक छ ?

कीटनाशक औषधीको असरबाट जोगिन वा देखासिकी वा बानीका कारण अधिकांशले बोक्रा हुने सबै फलफूलको बोक्रा छोडाएर खाने गर्दछन् ।

तर यसरी बोक्रा छोडाएर खाँदा कतिपय अवस्थामा हामीले त्यसको सबैभन्दा पोषक तत्व फ्याँकिरहेका हुन्छौँ। बोक्रामा पाइने पोषक तत्वको मात्रा कुन खालको फलफूल हो त्यसमा भर पर्दछ ।

सामान्य रूपमा भन्दा बोक्रा नछोडाएका फलफूलमा बढी मात्रामा भिटामिन, खनिज र अन्य पोषक तत्वहरू हुन्छन् ।

जस्तो कि बोक्रा ताछेको स्याउमाभन्दा बोक्रासहितको स्याउमा भिटामिन के ३ सय ३२ प्रतिशत, भिटामिन ए १ सय ४२ प्रतिशत, भिटामिन सी १ सय १५ प्रतिशत, क्याल्सियम २० प्रतिशत र पोटासियम १९ प्रतिशत धेरै हुन्छ ।

त्यस्तै फलफूलभन्दा तिनका बोक्रामा एन्टिअक्सिडेन्ट ३ सय २८ गुणा बढी हुन्छ । त्यसैले हामीले फलफूल बोक्रैसँग खाए हामीले पाइरहेको पोषण भन्दा धेरै पाउँदछौँ ।

बोक्रासहित फलफूल खाँदा बोक्रमा भएको फाइबरको उच्च मात्राले हामीलाई छिटै भोक लाग्न दिँदैन । यससम्बन्धमा भएका अनेकौँ अध्ययनले फाइबरले हामीलाई लामो समयसम्म टन्न राख्ने र छिटै भोक लाग्न नदिने देखाएका छन् ।

फाइबरले हाम्रो पेटलाई तन्काएर वा खाएको भोजन पचाउन बढी समय लगाइदिएर (पाचन प्रक्रियामा ढिलाई गरेर) छिटै भोक लाग्न दिँदैन।

त्यस्तै फलफूलका बोक्रामा पाइने एन्टिअक्सिडेन्टले हामीलाई कतिपय रोग लाग्नबाट समेत बचाउँदछ । सरल शब्दमा भन्नुपर्दा एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा उत्पन्न हुने फ्रि र्‍यडिकल भनिने अस्थिर अक्सिजन कणहरू नियन्त्रण गर्छ ।

शरीरमा यस्ता फ्रि र्‍यडिकलको मात्रा बढ्दा तनाव उत्पन्न हुनुका साथै कोषमा समेत हानि पुर्याउने र रोग लाग्नसक्ने जोखिम समेत बढ्छ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?