रेल्वे ट्र्याकमा फसेका व्यक्तिको ज्यान पुलिसले यसरी बचाए (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको हुन्छ । अहिले यस्तै भिडियो सोसल मिडियामा भायरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक व्यक्ति रेल्वे ट्र्याकबाट बाटो काटिरहेको देख्न सक्निछ । त्यहि बेला उनको खुट्टाबाट जुत्ता खुस्किन्छ र उनी जुत्ता लिन फेरि रेल्वे ट्र्याकमा जान्छिन् । तर त्यहि बेला रेल पनि आइरहेको हुन्छ ।

ति व्यक्तिलाइ पुलिसले छिटो निस्किन भनिरहेपनि ति व्यक्ति ढिलासुस्ती गरिरहेका हुन्छन् । फेरि हस्याङफस्याङ गर्दै त्यहाँबाट उनी दौडिन्छन् र माथि निस्किन्छन् ।

उनलाई पुलिसले माथिबाट तानिरहेको पनि भिडियोमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?