बिषालु सर्पसँग डराउँदैनन् यी व्यक्ति, बचाईसके ५० हजारको ज्यान !

काठमाडौं । संउसारमा हरेक मानिसको शोख फरक फरक हुन्छ । यस्तै शौख भएका एक व्यक्तिको बारेमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ । सुरेश नाम गरेका यी भारतीय नागरिक अनौठो शौखका कारण चर्चित छन् ।

४२ वर्षीय ति व्यक्तिलाई भारतीय स्नेक म्यान समेत भनिन्छ । उनले अहिलेसम्म ५० हजार मानिसको ज्यान बचाएका छन् । उनलाई सर्पदेखि डर नलाग्ने उनको भनाइ छ । उनलाई ३०० भन्दा धेरै पटक सर्पले डसीसकेको छ ।

उनी १२ वर्षको हुँदा पहिलो पटक उनले बिषालु सर्पलाई नियन्त्रणमा लिएका थिए । उनले सर्पलाई चोट नपुर्याइ नियन्त्रणमा लिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?