कोरोना भ्याक्सिन लगाउन गएका युवकले जब पुरुष नर्सलाई प्रपोज गरे (भिडियो)

काठमाडौं । अमेरिकामा कोरोना भ्याक्सिन लगाउन गएका एक युवकले पुरुष नर्सलाई अनौठो सरप्राइज दिएका छन् ।

३१ वर्षका चिकित्सा सहायक रोबी वर्गस कोटेृन्स र पेशाले एक नर्स एरिक वर्डेरली पाँच वर्षदेखि रिलेशनशीपमा थिए । कोर्टेस्ले भ्याक्स्नि लगाउन आएको बेलामा वर्डेरलीलाई भ्याक्सिनेशन सेन्टरमा विवाहको लागि प्रपोज गरे ।

सोसल मिडियामा उनीहरुको प्रपोजलको भिडियो अहिले भाइरल बनिरहेको छ । हालै मात्र कोर्टेसलाई अमेरिकाको साउथ डकोटाको एक अस्पतालमा भ्याक्सिन लगाउने अपोइमेन्ट मिलेको थियो ।

उनलाई थाहा थियो कि, उनका ब्वाईफ्रेण्ड पनि भ्याक्सिन लगाउने काम गरिरहेका छन् । उनले भ्याक्सिनेशन गरेको दिन ब्वाईफ्रेण्डलाई सरप्राइज् दिने फैसला गरेर यस्तो गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?