यो हो संसारको सबैभन्दा डरलाग्दो मोबाइल नम्बर, जसले बोके…

काठमाडौं । तपाईले डरालाग्दो स्थानको बारेमा त सुनेको नै हुनुहुन्छ होला ।

त्यस्तै एउटा मोबाइल नम्बरको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । यो मोबाइल नम्बर जसले बोके उसको निधन भएको बताइएको छ । यो सिलिसिला केहि वर्षयतासम्म चल्दै आइरहेको छ ।

यो धेरै नै डरलाग्दो मोबाइल नम्बर हो । यसलाई भूतिया मोबाइल नम्बर पनि भनिन्छ ।

यो मोबाइल नम्बरको चर्चा अहिले सोसल मिडियामा भइरहेको छ । अहिलेसम्म तीन पटक यस्तो घटना भइसकेको बताइएको छ । तीन जनाको यहि मोबाइल नम्बरको कारण निधन भएको छ ।

यो घटना बुल्गेरियोको हो । सबैभन्दा पहिला यो नम्बर मोबीटेल कम्पनीका सीईओले किनेका थिए । कम्पनीका सीईओ भ्लादिमीर गेसनोवले ‘0888888888 ‘ मोबाइल नम्बर सबैभन्दा पहिला किनेका थिए ।

यो मोबाइल नम्बर लिएको वर्ष नै उनको निधन भयो । उनको २००१ मा निधन भएको थियो । त्यसपछि यो नम्बर कुख्यात ड्रग डीलर डिमेत्रोवले किने । २००३ मा उनको पनि मृत्यु भयो ।

त्यसपछि यो नम्बर डिसलिव नामका बुल्गेरियन ब्यापारीले किने । उनको पनि २००५ मा निधन भयो ।

  • एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?