दिनमा ६ पटक बेहोस हुने यी महिला

काठमाडौं । एक महिला प्रत्येक दिन ६ पटक बेहोस हुने गरेकी छिन् । पत्याउनै मुस्किल लाग्ने यो घटना इंग्ल्यान्डको हो । १८ वर्षकी जार्डन मार्शललाई यो समस्यालले जिन्दगी जिउन धेरै मुश्किल परेको छ । उनी वासावागल सिन्कोप नामको मेडिकल समस्याको सामना गर्दै आएकी छिन् ।

उनी यो अवस्थामा एक दिनमा ६ पटक बेहोश हने गर्छिन् । कैयौंपटक त बेहोश हुने समय बढी हुन पनि सक्छ । जोर्डनको यो समस्याकै कारण जागिर पछि छाड्नी बाध्य भएकी छिन् । उनले विद्यालयमा पढाउने काम गर्थिन् ।

उनी जुनसुकै समयमा बेहोश हुन सक्ने भएकोले एक्लै कतै जान सक्दिनन् । उनको उमेर बढ्दै जाँदा समस्या पनि बढ्दै गएको छ । स्विमिंग पुल तथा सिढीबाट पनि लड्ने गर्छिन् । डाक्रले पनि समाधान निकाल्न सकेको छैन् ।

जोर्डनले बेहोश हुनु् आफ्नो जिन्दगीको एक भाग भएको बताएकी छिन् । यसले आफ्नो जिन्दगीको रफ्तार रोकेको पनि गुनासो गरेकी छिन् । उनको अनुसार अब कहिल्यै पनि सामान्य युवतीले जस्तो जिन्दगी बिताउन सक्ने छैनन् । उनको पढाई र जागिर छुटेसँगै आमा बन्ने सपना कहिल्यै पनि पुरा हुन नसक्ने भएको छ ।

  • एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?