विवाहीत छिमेकी महिलासँग प्रेम, भेट्नको लागि बनाए सुरुङ, रङ्गेहात समाते श्रीमानले

काठमाडौं । मायामा सबै जायज छ भन्ने एउटा कथन छ । यो कथनलाई सत्य बनाएको एउटा घटना हालै बाहिरिएको छ । मेक्सिकोको टियूआना शहरमा एक व्यक्तिलाई आफ्नै छिमेकी विवाहीत महिलासँग माया बस्यो ।

त्यसपछि उनलाई भेट्नको लागि उनले तत्काल सुरुङ खने । तर एकदिन ति महिलाका श्रीमानले उनलाई रङ्गेहात समाते ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अल्बर्टो नाम गरेका ति व्यक्तिलाई छिमेकी विवाहीत महिलासँग माया बस्यो । उनी आफू पनि विवाहीत नै हुन् । ति महिलाका श्रीमान जर्ज एकदिन चाँडै घर फर्किए ।

जर्जले त्यो दिन अल्बर्टो एक काउचपछाडि लुके र त्यहिँबाट गायब भए । त्यसपछि उनले बेडरुममा सबै खानतलासी गरे । जसमा उनले सुरुङ्ग भेट्टाएपछि सबै घटना पर्दाफास भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?