संसारकै सबैभन्दा सानो गाउँ, जहाँ ८ साल पछि जन्मियो एउटा बच्चा !

काठमाडौं । हामीले यस्ता अनौठा खबर त दिनदिनै पढ्दै र सुन्दै आएका नै हौँला । यस्तै एउटा समाचारको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । कतै जनसंख्या धेरै भएर उकुसमुकुस भएको अवस्थामा कतै जम्मा जनसंख्या २९ रहेको छ ।

यस्तो गाउँको नाम हो । पछिल्लो ८ वर्षमा २७ जना रहेको उक्त गाउँमा ८ वर्षपछि एक बच्चा जन्मिदा त्यहाँ २९ जना भएका छन् । यो गाउँ इटालीको लोम्बार्डी प्रान्तमा रहेको छ ।

यसको नाम मोरटर्नो रहेको छ । द गार्डियनको खबरका अनुसार बच्चाको जन्म भएपछि त्यहाँ दिपावलीको जस्तो माहोल भएको छ । रिबन काटेर बच्चाको स्वागत गरिएको छ ।

गाउँलेले मिलेर बच्चाको नाम डेनिस राखेका छन् । डेनिसको आमाको नाम सारा रहेको छ । एक अन्तर्वार्तामा उनले गर्भवती बन्न सजिलो नभएको बताएकी छन् । उनले गर्भवती भएको बेला बाहिर निस्किन पनि नपाइनाले समस्या धेरै हुने गरेको बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?