चीनले सबैभन्दा लामो सिसाको पुल बनाएर बनायो विश्व रेकर्ड !

काठमाडौं । चीनको दक्षिण प्रान्तको गुआंगडोंगमा नवनिर्मित ग्लास ब्रिज अब सबै बनिसकेको छ । यो अब पर्यटकका लागि खोलिने तयारीमा रहेको छ ।

यो पुल ५२६ मिटर लामो रहेको छ । यो समयमा यसैलाई विश्वको सबैभन्दा लामो ग्लास ब्रिज मानिएको छ ।

यसले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेको छ । सिसा यो पुलको आकार धेरै ठूलो छ ।

यहाँबाट चारै रिका मनोम दृश्य देख्न सकिन्छ । यो पुल लियांजिंग नदीमा बनेको हो । यसलार्य १८ जुलाईमा सबैका लागि खुला गरिएको छ ।

जसपछि पर्यटकको त्यहाँ भीड लागेको थियो । यो पुलले एकैपटकमा ५०० जना मानिसको भार थाम्न सक्छ । यो पुलमा ४.५ सीएम मोटो सिसा लगाईएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?